आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको Business Meet-2076 सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको Business Meet-2076 कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको निक्षेप बृद्धिमा फोकस गर्नका लागि रणनीति तय गर्न निक्षेपको दृष्टिकोणले बढि निक्षेप सङ्कलन भएका देशभरका ४६ वटा शाखा कार्यालयका शाखा प्रवन्धकहरु सम्मिलित Business Meet-2076 काठमाडौंको दरबारमार्गमा बिहिबार सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा बैंकको निक्षेप बृद्धि, आधुनिक इलेक्ट्रोनिक बैंकिङ्ग उपकरण, गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो । कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्य संजाल ठूलो भएको हुंदा निक्षेप बृद्धिका विविध रणनीति अपनाउंदै व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिएका छन् ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु केशसबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरुहरु लगायतको उपस्थिती रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।