आर्थिक

जल पाइप्स एण्ड फिटिङस अब नेपालमा पनि

काठमाडौँ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । आज नक्सालमा अवस्थित मेरियट होटलमा यो उत्पादन सार्वजनिक भएको छ । जल पाइप्स एण्ड फिटिङस अरिहान्तग्रुपको विजनेश युनिट हो । सार्वजनिकीकरण कार्यक्रममा उपस्थित हुनेहरुमा अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला रहेका थिए । उत्पादन सार्वजनिक कार्यक्रम भब्य समारोहकाबीच सम्पन्न भएको थियो जहाँ जापान सेकिसुईबाट समेत अतिथिको उपस्थित थियो ।

ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरेका थिए । जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ । जल पाइप्स एण्ड फिटिङसबारे बोल्दै जापान सेकिसुइका अतिथिले भने जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत हो, हाम्रो उदेश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने हो ।  त्यसैगरी जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले भनीन् जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा म निकै खुशी छु ।

त्यस्तै कार्यक्रमबारे थप प्रष्ट पार्दै अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले भन्नुभयोः अरिहान्त का धेरै क्षेत्रहरु छन् र हामी पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजीरहेका छौ । हामीले यो अवसर जल पाइप्स एण्ड फिटिङसबाट पाएका छौ । यसमार्फत हामी के अपेक्षा राख्दछौ भने हाम्रो अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी जल पाइप्सखरिद गर्ने छन् । हामीले हाम्रा ग्राहकलाई धन्यबाद दिन चाहान्छौ जसका कारण हामी उनीहरुका आवश्यकता पुरा गरि अघि बढीरहेका छौ ।

हंसराज जैनले अरिहान्तनामको कम्पनी खोल्य । त्यसपछि यो सफलता र विश्वासको यात्रा निरन्तर छ । अरिहान्त ग्रुप आज विभिन्न उत्पादन र सेवाको एक स्थापित व्यवसाय बनेको छ । सञ्चालनमा आएको चार दशकमा, यो ग्रुपले नयाँ उचाइ चुम्नुका साथै प्रतिस्पर्धामा अब्बल देखिएको छ । व्यवस्थापनको व्यवसायिक दुरदर्शिता र रणनैनिक उदेश्यले कम्पनीलाई देशका राम्रा कम्पनीको समुहमा पार्न सफल भएको छ । १ हजार भन्दा धेरै कर्मचारीहरु कम्पनीको कामप्रति लागिरहेका छन । गिरिस जैन र पारस लुनिया कम्पनीको सफलताका मेरुदण्ड नै हुँन ।

ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त समूहको निती नै हो । किनभने यो समूहले उत्कृष्ट गुणस्तर र ग्राहक सेवाका लागि नाम कमाएको छ । शसक्त आर्थिक क्षमता र ब्यवशायीक रुचीका कारण आगामी दिनमा अरिहान्त समूहले निकै फड्को मार्ने निश्चित छ । अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट ती मध्ये हुन् ।