आर्थिक

मुक्तिनाथविकास बैंकको नयाँशाखा अब काठमाडौंको ढुङ्गाअड्डामा

काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथविकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको,ढुङ्गाअड्डामा आजबाट औपचारीक रुपमा शुभारम्भ गरेको छ ।

उक्तशाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरीले गरेका थिए । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि मेयर श्री गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवाप्रदानगर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याइ सफल बनोस भन्दैँ शुभकामना व्यक्त गर्नु भयो ।

त्यसैगरी, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैकका ब्राण्ड एम्बेसडरश्री कुञ्जना घिमिरे (सुन्तली ),चन्द्रागिरी न.पा. वडा नं १५ का अध्यक्षश्री उत्तमवहादुर राउत, सुन्दर वन अफ साइन्सका प्रिन्सिपल श्री धुव्र आचार्यले बैंकको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । सो समारोहमा स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सुविधा,साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध छन् ।