अन्तर्राष्ट्रिय

चीन र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापनाका ३० बर्ष पूरा

बेइजिङ। चीन र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापनाको बिहीबार ३० बर्ष पूरा भएको छ ।

दुई छिमेकीबीच दौत्य सम्बन्ध स्थापनाको ३० औँ बर्ष पुगेको अवसरमा दुबै मुलुकका राष्ट्रप्रमुखद्वारा सम्बन्धलाई थप मजबुत बनाउँदै लाने प्रतिवद्धतासहित शुभकामना आदानप्रदान गरेका छन् ।

चीनका राष्ट्रपति सी चिन फिङले बहराइनका राजा हामिद बीन इशा अल खालिफासँग दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाई सन्देश भनेका छन्, “स्थापनाको तीस वर्षयता दुई मुलुकको द्विपक्षीय सम्बन्ध स्थिरताका साथ अगाडि बढिरहेको बताउँदै विभिन्न क्षेत्रको सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको छ ।”

सीले राजा हामिदसँग मिलेर दुई मुलुकको दौत्य सम्बन्ध स्थापनाको तीसौ वार्षिकोत्सव र दुई मुलुकले “बेल्ट एण्ड रोड” को संयुक्तरूपमा निर्माण गर्नुलाई सुअवसरको रुपमा लिएर दुई मुलुकको विभिन्न क्षेत्रको सहयोगमा नयाँ सोच र उचाइसाथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यसैगरी हामिदले बहराइनले दुई मुलुकको सम्बन्धलाई निरन्तररूपमा सबल पार्ने र विकास गर्ने भन्दै चिनियाँ जनताको निरन्तर एवम् वृहत् प्रगतिका लागि शुभकामना दिएका छन् ।