बाग्मती

फर्निचर कारखानामा १९ वर्षीय तामाङको शव भेटियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाईँको काठ फर्निचरमा बिहीबार एक युवकको शव भेटिएको छ । फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।