राजनीति

ओली सरकार बिरुद्धको काँग्रेस आन्दोलनमा अग्रपंक्तीमा रहन दियो ७७ वटै जिल्लालाई तरुण दलले निर्देशन

काठमाण्डौ । नेपाल तरुण दलले लोकतन्त्र दिवशका दिन नेपाली काँग्रेसद्वारा आयोजना गरिएको बैसाख ११ गतेको दिनबाट शुभारम्भ हुने हिमाल पहाड तराई मधेश नेपाली काँग्रेस जागरण अभियानलाई सफल बनाउन ७७ जिल्ला र ७५३ वटै स्थानीय तहलाई तरुण दल केन्द्रीय समितिले परिपत्र गरेको छ ।

नेपाल तरुण दलले अग्रपंक्तीमा रहेर काम गनुपर्ने निर्देशनसहित केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्ती जारी गरि परिपत्र गरेका हुन् ।
परिपत्रमा १६ बैसाखमा सम्पन्न हुन लागेको नेपाल ट्रेड युनियन काँग्रेसको कार्यक्रमा समेत उतकृष्ट सहभागीता जनाई तरुण दलका सबै जिल्ला स्थानीय तह, नगर र वडालाई निर्देशन दिएको छ । विज्ञप्तीमार्फत सदैब भ्रष्टाचार बिरोधी कृयाकलापमा सकृय रहने बताउँदै तीन करोड नेपाली जनतालाई अनुरोध समेत गरेका छन् ।