समाचार

शक्तीसाली मन्त्री लालबाबुको क्षेत्रबाट सयौं नेकपाका नेता/कार्यकर्ता काँग्रेसमा, कम्युनिष्ट गफाडी भएको आरोप

काठमाण्डौ । प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा दुई सय भन्दा बढी नेकपाका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् । नेवपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य डा. शेखर कोईरालाले अभिर र टीका लगाएर पार्टी प्रबेश गराएका हुन् ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतको निर्बाचन क्षेत्रमा पर्ने बिराटनगर नजिकैको सुन्दर हरैचाको कार्यक्रममा नेकपाका नेताहरुले ठूला गफमात्र गर्ने गरेको निर्बाचन जितेर गएपछि लालबाबु पण्डित मन्त्री भएको तर केही पनि नगरेको आरोप लगाउदै बिना शर्त काँग्रेस प्रवेश गरेको नबप्रवेशीहरुले बताएका थिए । डा. कोईरालाको देशकै विकासमा आफूहरुलाई आस भएको भन्दै उनीहरुले स्थानीयको जिवनस्तर उकास्न लागीपर्न आग्रह गरेका थिए ।


पार्टी प्रबेश कार्यक्रममा बोल्दै डा कोईरालाले भने, ‘समाजमा दलित समुदाय कथित उपल्लो जातका व्यक्तिहरूको थिचोमिचोमा छन् । यो सामाजिक कुरीतिलाई क्रमशः अन्त्य गर्दै लैजानुपर्छ ।’
डा. कोईरालाले आग्रह गरे, ‘बिगतको इतिहास हेरे पुग्छ काँग्रेसले नै मुलुकको नेतृत्व गरेका उदाहरणहरु छन् मुलुकको समृद्धीको नेतृत्वपनि काँग्रेसले नै गर्छ, देशभर नै काँग्रेसलाई विश्वास गर्न तीन करोड नेपाली जनतालाई म आग्रह गर्न चाहन्छु ।’