आर्थिक

सन्राइज बैंक  र लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स  सम्झौता

काठमाडौं । सन्राइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स (Bancassurance) सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स  सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०४ वटै शाखाहरुबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।

सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री भरत बस्नेत बीच बैंकास्योरेन्स  सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पर्याउने उद्धेश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ विज्ञप्ती मार्फत जानकारी गराएको छ ।