आर्थिक

मुक्तिनाथ वैंकद्वारा “ मेरो पहिलो बचत खाता” सञ्चालन

काठमाडौँ । आफ्नो स्थापनाकालदेखि नै “ १ व्यक्ति– १ खाता, १ परिवार – १ उद्यमी”नारा आत्मसाथगर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित“ खोलौ बैंक खाताअभियानलाई २०७६ ”अभियानलाई सफलपार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ ।

२०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्न हुने प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले रु १०० नगदखातामा जम्मा गरिदिने र ग्राहकहरुको NTC/NCELL कोमोवाइलनम्बरमा रु १०० बराबरको रिचार्ज ( टपअप )गरिदिने छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्कअन्तर शाखा कारोबार,निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० ATM बाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध छन् ।

हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्र्दै आएको छ ।