मनोरञ्जन

सत्यराज र स्वरुपद्वारा ‘लब भवन’को उद्घाटन

काठमाण्डौ । नव बर्ष २०७६ को पहिलो दिन अर्थात बैशाख १ गते कुमारीपाटी स्थित ‘लब भवन’ को लोकप्रिय गायकद्वय सत्यराज र स्वरुपराज आचार्य साथै भवनकी प्रोप्राइटर लक्ष्मी श्रेष्ठले रिवन काटेर एक समारोह बिच उदघाटन गरे ।

कुमारीपाटीमै अलि भिन्न शैलीमा बनाइएको भवनका बिभिन्न तल्लाहरुमा बिभिन्न शोरुमहरु, रेष्टुरेन्ट, बैंक, गेम जोनहरु रहेका छन् । भवनको सबैभन्दा आकर्षण चौथो र पॉचौ तल्लामा रहेको Titan Gem हो ।

अत्याधुनिक ब्रान्डका सामानहरु सहित साउना, स्टिम वाथ, कार्डियो हेल्थ फ़िटनेसका सबै सुविधाहरु यस जिममा रहेका छन् ।० परिवार सहित पुगेका दाजुभाइ सत्य– स्वरुपले भवनको उदघाटन पछि आफुहरुपनि Titan Gem बाट प्रभावित भएको बताए ।