पु.समाचार

शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज, एक घाईते

गलकोट। पोखरामा राखिएको बम डिस्पोज गर्ने क्रममा अमलदार धर्म थापा घाईते भएको समाचार छ ।

यसैगरी,बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।

उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।