लुम्बिनी

जीप दुर्घटनामा चालकको मृत्यु

बेझाड । रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक लालबहादुर सिंजालीको बुधबार साँझ उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते चालकका दाजु देवबहादुर सिंजालीको अहिले सोही मेडिकलमा उपचार भइरहेको छ । लु१ज १७८६ नंको जिप उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट करीब २०० मिटर तल खसेको थियो । स्थानीय मलेङ भन्ने गाउँमा सामान छाडेर फर्कने क्रममा देउराली नजिकै पुग्न लाग्दा जिप दुर्घटनामा परेको थियो । दुर्घटना बुधबार अपराह्न ४ बजेको समयमा भएको हो ।