आर्थिक

राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन

काठमाण्डौ । सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा आज देखि प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले एक समारोहका विच बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

आजैदेखि सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउण्टरले आजैदेखि मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।

मालपोत कार्यालय राजविराजको परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । कामको सिसिलामा मालपोत कार्यालयराजविराजमा आउनुहुने सम्पूर्ण सेवा ग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।