खेलकुद

आठौँ राष्ट्रिय खेलकूदः बास्केटबलको स्वर्ण विभागीय टोलीलाई

घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबलको पुरुषतर्फको स्वर्ण पदक त्रिभुवन आर्मीले जितेको छ । महिलातर्फको स्वर्ण भने नेपाल पुलिस क्लबले हात पारेको छ ।

आज सम्पन्न खेलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ अङ्कले हराउँदै स्वर्ण जितेको हो । प्रदेश ३ ले रजत पदकमै चित्त बुझायो । पुलिस क्बले कास्य जित्यो । यस्तै महिलातर्फ पुलिस क्लबले प्रदेश ३ लाई ४५–२९ अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्यो । सो स्पर्धामा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको बास्केटबल सङ्घका जिल्ला अध्यक्ष विपिन केसीले जानकारी दिए ।