आर्थिक

प्रभु बैंकले बचत खाताका नयाँ ग्राहकलाई रु. १०० र ब्याज दिने

काठमाण्डौ । सबै नेपालीहरुलाई बैंकिङ्ग प्रणाली भित्रअटाउने उद्देश्यका साथ २०७६ बैशाख १ गते नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६”अभियानसँग ऐक्यवद्धता जनाउँदै प्रभु बैंकले “प्रभु चेतना बचत खाता”नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको “प्रभु चेतना बचत खाता”खोलिने प्रत्येक खातामा बैंकको तर्पmबाट रु. १०० जम्मा गरिदिने व्यवस्था रहेको छ । यस खातामा जम्माहुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु चेताना बचत खाताबाटनेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६”को सफल कार्यान्वयन हुने तथा ग्राहकहरुले प्रभु चेताना बचत खाता खोली लाभ प्राप्त गर्नुहुनेछ भन्ने बैंकले विश्वाश लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।