समाचार

हावाहुरीले विस्थापित क्याम्पमा क्षति

रसुवा । मङ्गलबार रातिको हावाहुरीका कारण भएका क्षतिको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ । सहायक प्रजिअ देवर्षि सापकोटाका अनुसार हावाहुरीले उत्तरगया गाउँपालिका–५ को खाल्टे बगरमा विस्थापित परिवारले निर्माण गरेका छाप्रा आवास क्षति भएको हो ।

नेपाल प्रहरीले तयार गरेको तथ्याङ्कबाट १३ पूर्ण र ३२ वटा आंशिक रूपमा क्षति भएको छ । विसं २०७२ को भूकम्पका कारण साबिक हाकु–८ र ९ वडाबाट गोगने, मैलुङ क्षेत्रबाट विस्थापित भई ती प्रभावित नागरिक खाल्टे बगरमा बस्दै आएकाले तत्कालका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट त्रिपाल पठाउने तयारी भइरहेको र अन्य थप व्यवस्था उत्तरगया गाउँपालिकाले गर्ने जानकारी प्राप्त भएको सहायक प्रजिअ सापकोटाले जानकारी दिए ।