सुदूरपश्चिम

स्वरोजगारका लागि निव्र्याजी ऋण, अब कसैले पनि व्यरोजगार भएर बस्नु पदैँन

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो । व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्ययले निव्र्याजी ऋण उपलब्ध गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । आयआर्जनमार्फत गरीबी न्यूनीकरण र सामाजिक प्रगति गर्ने, स्थानीय जडीबुटी तथा बालीको संरक्षण गर्ने उद्देश्य यो कार्यक्रम अगाडि सारेको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भने, “ऋण नपाएकै कारण धेरै युवाले व्यवसाय गर्न सकेको अवस्था छैन, उनीहरुको व्यवसायमा सहयोग गर्ने उद्देश्य यो कार्यक्रमको छ ।”

यो गाउँपालिकाबाट ६ हजार ९४ जना वैदेशिक रोजगारिमा गएका छन् । सबैभन्दा बढी वडा नं। ८ बाट एक हजार २४५ र सबैभन्दा कम वडा नं.७ बाट ६१३ जना विदेश पलायन भएका छन् । विदेशिने युवालाई स्वदेशमै स्वरोजगार उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको गाउँपालिकाले जनाएको छ ।