समाचार

बरिष्ठ पत्रकार श्रेष्ठको निधनमा काँग्रेसद्वारा समबेदना

काठमाण्डौ । नेपाल समाचार पत्रिकाका प्रधान सम्पादक एवं कामना प्रकाशनका संस्थापक अध्यक्ष ६० वर्षीय पुष्करलाल श्रेष्ठको निधन भएकोमा नेपाली काँग्रेसले समबेदना प्रकट गरेको छ । आज विहान काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका बरिष्ठ पत्रकार श्रेष्ठ लामो समयदेखि पत्रकारिताको क्षेत्रमा संलग्न श्रेष्ठ हुनुहुन्थ्यो, वहाँको निधनले सिङ्गो संचार जगतमा अपुरणीय क्षति पुगेको काँग्रेसको बिश्लेशण छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्— “नेपाल समाचार पत्रिकाका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुःखीत बनाएको
छ । स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट संचार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपुरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ, मुख्यसचिव कृष्णचन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।