समाचार

नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१९

काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालय, खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभागको परिसर लैनचौर, काठमाडौंमा “नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो” आयोजना हुने प्रेस बक्तव्यमार्फत जनाएको छ ।

नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आयोजनाको संयुक्त रुपमा २०७६ जेठ ३, ४, र ५ गते सम्म विभागको परिसर लैनचौर, काठमाडौंमा हुँने भएको छ । स्वदेशी रत्न पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभुषणको निर्यात विस्तार एवं आयात प्रतिस्थापनमा टेवा पुर्याउने मूल उद्देश्यका साथ एक्स्पो आयोजना हुन लागेको जानकारी गराएको छ ।

उक्त कुरा बैशाख ३ गते खानी तथा भूगर्भ विभागको अडिटोरियम लैनचौर, काठमाडौंले प्रेस बक्तव्यमार्फत जानकारी गराएको छ । प्रेस बक्तव्य जस्ताको त्यस्तै

प्रेस बक्तव्य

१. नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालय, खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त तत्वावधानमा २०७६ जेठ ३, ४ र ५ गते (तदानुसार १७ – १९ मे २०१९) सम्म विभागको परिसर लैनचौर, काठमाडौंमा “नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो” आयोजना हुने भएको छ । स्वदेशी रत्न पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभुषणको निर्यात विस्तार एवं आयात प्रतिस्थापनमा टेवा पु¥याउने मूल उद्देश्यका साथ एक्स्पो आयोजना हुन लागेको जानकारी गराउँदछौं ।

२ नेपालको भूगर्भमा रहेका विभिन्न रत्न पत्थर खनिज एवं नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान गर्ने मूलभूत उद्देश्यका साथ यस एक्स्पोको आयोजना गरिएको हो । यस आयोजनले रत्न पत्थर खनिजको प्रवद्र्धन एवं नेपाली आभुषणलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न व्यवसायीहरुलाई अभिपे्ररित गर्न र विदेशी आभुषण व्यवसायीलाई नेपालीमा पूँजी तथा प्रविधि निवेश गर्न प्रोत्साहित गर्ने हुँदा प्रत्यक्ष कारोबार भन्दा पनि अर्थतन्त्रमा यसले पु¥याउने दूरगामी प्रभाव अझ महत्वपूर्ण हुने सम्भावना छ ।

३. रत्न खनिजबाट देशले आशातित फाइदा हासिल गर्न नसकेको वर्तमान परिपेक्ष्यमा यस क्षेत्रको विकास र प्रवर्धनमा सहकार्य गर्न विभाग र महासंघको संयुक्त तत्वावधानमा आयोजना हुने यस एक्स्पोले सार्वजनिक – निजी साझेदारीको अवधारणालाई थप टेवा पुर्याउने विश्वास लिइएको छ । एक्स्पोमा नेपाल सरकारका सम्वन्धित क्षेत्रका विभिन्न निकायहरुका साथै निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहयोग र समर्थन जुटाईने छ । स्वदेशी र विदेशी गरी ७० वटा कम्पनीहरुको सहभागिता रहनेछ । यो एक्स्पो Technology, Machinery & Equipments Suppliers, Gem & Jewelry Education Institute, Security systems and Packaging system Investors, Diamond & Jewelry Business Persons, Rock & Minerals Investors  हरुको प्रवर्धनात्मक भेला हुनेछ ।

एक्स्पोमा सहभागिता एवं सहयोगका लागि मुलुकभरका यस क्षेत्रका खनिजजन्य उद्यमी, गरगहना व्यवसायीहरुका प्रतिनिधिमूलक महासंघ, संघहरुलाई आव्हान गरिने छ । साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भारत, श्रीलंका लगायत सम्पूर्ण सार्क राष्ट्रहरु, चीन, थाइल्याण्ड, र जापान तथा युरोपियन राष्ट्रहरुमा समेत सहभागीको लागी अनुरोध गरिने छ । एक्स्पोको बारेमा एसिया मुलुकहरु लगायतका विभिन्न मुलुकहरुबाट चासो राख्दै सहभागी हुने इच्छा व्यक्त भएकोले पनि आयोजकलाई थप उत्साहित तुल्याएको छ ।

४. एक्स्पोमा अधिकतम सहभागिता जुटाउन र यथासक्य थप प्रभावकारी तुल्याउन बिदेश स्थित नेपाली कुटनीतिक नियोग, गैरआवासी नेपाली संघका साथै नेपाल स्थित विदेशी कुटनीतिक एवं सहयोग, नियोगहरुसंग पनि प्रचारप्रसार र समन्वयका लागि अनुरोध गरिनेछ । एक्स्पो मार्फत नेपाली आभुषण क्षेत्रको मौलिकता, विशिष्टता, क्षमता र संभावनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सबल रुपमा उजागर गर्न अझ सहज होस् भन्ने अभिप्रायले सरकारी, अर्ध सरकारी र निजी क्षेत्रका सम्बन्धित संपूर्ण संस्था एवं निकायसंग सह–कार्य र समन्वय गरिनेछ ।

५. समष्टिगत उद्देश्य :

क ग. बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदि स्वदेशी कच्चा पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगको संभावनालाई स्पष्ट पारी आन्तरिक तथा वाह्य प्रविधि एवं पूंजीलाई आकर्षित गर्ने,
ख. नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरमा उजागर गर्ने,
ग. मुलुकका विभिन्न क्षेत्र र स्थानमा प्रचलित मौलिक एवं परंपरागत आभुषणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने ।
घ. आभुषण उद्यम, व्यवसायमा आन्तरिक तथा बाह्य प्रविधि र पूंजीलाई आकर्षित गरी रोजगारी, नेपाली गरगहना उत्पादन, निर्यात प्रवद्र्धन र राजश्व अभिबृद्धि आदि कार्यमा थप टेवा पु¥याउने,
ङ. नेपालको मौलिक गहनामा कला र शीप आदिका साथै आधुनिक अवस्थासम्मको विकास र क्षमतालाई एकै थलोमा प्रदर्शन गर्ने,
च. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार तथा प्रविधिको बिद्यमान अवस्था र विकासक्रम बारे नेपाली खनिज उद्यमी तथा गहना व्यवसायी एवं आम उपभोक्ताहरुलाई अवगत गराउने ।
छ. नेपाली र अन्य मुलुकका खनिज तथा आभुषण व्यवसायीहरु बीच व्यापारिक सम्बन्ध विस्तारका लागि अवसर जुटाउने ।
ज) राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिहरुको सहभागितामा वृहत सेमिनार आयोजना गरी सुनचाँदी रत्न पत्थर तथा खनिजको प्रवद्र्धन बारे विस्तृत कार्ययोजना तयार गर्ने ।
६. मुख्य आकर्षणहरु :
क. नेपालमा उपलब्ध रत्न तथा पत्थरहरुको जानकारीमूलक प्रस्तुती र प्रदर्शनी,
ख.रत्न, पत्थर तथा खनिज प्रशोधन, आभुषणको गुणस्तर परीक्षण बारे कार्यशाला,
ग. विभिन्न मुलुकका आभुषणहरुको प्रदर्शनी,
घ. व्यापारिक एवं व्यावसायिक छलफल, बैठक सेमिनार तथा गोष्ठी,
ङ. परंपरागत एवं आधुनिक नेपाली गरगहनाहरुको प्रदर्शनी,
च. परंपरागत तथा आधुनिक अन्तर्राष्ट्रिय आभुषणको “फेशन शो” संचालन आदि ।

७. एक्स्पो सम्वन्धि विषय र अन्य सान्दर्भिक विषयहरुलाई समावेश गरी सोेभेनियर प्रकाशित गरी एक्स्पो उद्घाटन समारोहमा प्रमुख अतिथिज्यूवाट विमोचन गराई एक्स्पोमा वितरण गरिनेछ । एक्स्पोको दोश्रो दिनमा नेपालको जेम एण्ड ज्वेलरी क्षेत्रको प्रवद्र्धन सम्वन्धि सेमिनारको आयोजना गरिनेछ । एक्स्पो समापन समारोहमा “ज्वेलरी फेशन शो” आयोजना गरिनेछ ।
८. एक्स्पो आयोजनाको लागि स्टेरिङ्ग कमिटी, कार्यकारिणी समिति र विभिन्न १८ वटा विषयगत समितिहरु गठन गरिएको छ । विभागका महानिर्देशक र महासंघका अध्यक्ष सम्मिलित पाँच सदस्यीय स्टेरिङ्ग कमिटी, महासंघका अध्यक्षको संयोजकत्वमा विभागका तीन जना पदाधिकारीका साथै विषयगत समितिका संयोजकहरु समावेश गरी २१ सदस्यीय एक्स्पो कार्यकारिणी समिति गठन गरिएको छ ।
९. स्वदेशी रत्न पत्थर खनिज एवं मौलिक नेपाली आभुषणको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले गैह्र नाफामूलक इभेन्टको रुपमा यो एक्स्पो आयोजना हुन लागेको हो । त्यसैले सम्वन्धित कार्यमा लाग्ने न्यूनतम खर्चको अनुमान गरी त्यसलाई व्यवस्थापन गर्न पुग्ने हिसावले शुल्क निर्धारण गरिने छ ।
१०. नेपालमा रत्न पत्थर खनिजका साथै आभुषण क्षेत्रलाई बृहत उद्यम, व्यवसायको स्तरमा रुपान्तरण गरी रोजगारी, निर्यात प्रवद्र्धन एवं राजश्वमा उल्लेखनीय योगदान गर्न सकिने प्रबल संभावना छ । हालसम्म आभुषण व्यवसायमा अर्बौंको लगानी भईसकेको छ । लाखौंलाई रोजगारी दिनुका साथै राजश्वमा अर्बौं योगदान गरिरहेको यस क्षेत्रमा ठोस कार्य हुन नसक्दा आयातमुखी एवं उपभोगमुखी हुन पुगेको छ । तसर्थ आयातित कच्चा पदार्थ माथिको अधिक निर्भरताको सट्टा स्वदेशी कच्चा पदार्थको प्रशोधन र प्रयोग गरी अर्थतन्त्रमा बढी भन्दा बढी मूल्य अभिबृद्धि हुनुपर्दछ भन्ने सोच र अवधारणाका साथ विभिन्न प्रयासहरु हुदै आएको सन्दर्भमा नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा हुन लागेको यस एक्स्पोले उक्त अवधारणालाई ठोस सहयोग पुर्याउने बिश्वास लिएकोछ । सरकारी निकाय, नीति निर्माता, लगानीकर्ता, खानी उद्यमी तथा बिद्यार्थीहरु र सरोकारवालाले यो एक्स्पोबाट लाभ लिन सक्नेछन् । अतः यस क्षेत्रको विकासमा देखिएका समस्या तथा चूनौतीहरुलाई अवसरमा रुपान्तरण गर्न यस अवसरलाई अधिकतम रुपमा सदुपयोग गर्दै एक्स्पोलाई थप प्रभावकारी एवं सफल तुल्याउनु जरुरी भएकोले संचार क्षेत्रबाट पनि आवश्यक सहयोग, सल्लाह एवं सुझाब प्राप्त हुनेछ भन्ने पूर्ण विश्वास लिइएको छ ।
११. नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालय, खानी तथा भूगर्भ विभागले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ संग ठूलो भरोसा र विश्वास गरी संयुक्त तत्वावधानमा “नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो, २०१९” आयोजना गर्ने समझादारी सम्पन्न भएकोमा माननीय मंत्रीज्यू, श्रीमान सचिवज्यू एवं मंत्रालय र विभागका पदाधिकारीज्यूहरुमा महासंघको कार्यसमिति एवं एक्स्पो समितिको संयुक्त वैठकले सर्वसम्मत रुपमा कृतज्ञता प्रकट गर्दै आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा वहन गर्ने प्रतिवद्धता व्यक्त गरेको निवेदन गर्दछौं ।

धन्यवाद
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालय, खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ को संयुक्त बक्तब्य

२०७६ बैशाख ३ गते मंगलबार
खानी तथा भूगर्भ विभागको अडिटोरियम
लैनचौर, काठमाडौं ।

विभिन्न समितिहरुको गठन
१. स्टेरिङ्ग कमिटी
क. महानिर्देशक, डा. सोम नाथ सापकोटा – खानी तथा भूगर्भ विभाग १
ख. सह सचिव, ई. जयराज घिमिरे – खानी तथा भूगर्भ विभाग १
ग. अध्यक्ष, रमेश महर्जन – नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ १
घ. प्रथम उपाध्यक्ष, रुद्र बहादुर बराईली – नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ १
ङ. वरिष्ठ सल्लाहकार, बद्रि प्रसाद कोइराला – नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ १

२. एक्स्पो कार्यकारिणी समिति
क. रमेश महर्जन, सयोजक
ख. विभागका पदाधिकारी – ४
ग. विषयगत समिति संयोजकहरु – १७

३. विषयगत समितिहरु संयोजक
क. एक्स्पो व्यवस्थापन तथा समन्वय समिति सुरेश मान श्रेष्ठ
ख. उद्धघाटन र समापन समारोह व्यवस्थापन समिति रुद्र बहादुर बराईलि
ग. रत्न आभुषण स्टल व्यवस्थापन समिति महेश मान श्रेष्ठ
घ. जिल्ला समन्वय समिति अमर नाथ गुप्ता
ङ. सचिवालय व्यवस्थापन समिति कृष्ण लाल महर्जन
च. प्रचार प्रसार तथा प्रकाशन समिति कृष्ण लाल महर्जन
छ. सेमिनार तथा बि.द्द। बि. बैठकको व्यवस्थापन समिति किसान सुनार
ज. आर्थिक व्यवस्थापन समिति द्वारिका विश्वकर्मा
झ. श्रृंगार तथा सजावट समिति जयराम पाण्डेय
ञ. बजारीकरण समिति विशन शाक्य
ट. सुरक्षा व्यव्स्थापन समिति मिन बहादुर तामाङ्ग
ठ. सुनचाँदी गरगहना स्टल व्यवस्थापन समिति घन श्याम रिजाल
ड. अतिथि सत्कार समिति ज्योत्स्ना श्रेष्ठ
ढ. रत्न पत्थर स्टल व्यवस्थापन समिति मणी किशोर पाण्डेय
ण. खनिज तथा द्रव्य स्टल व्यवस्थापन समिति विद्या सागर ताम्राकार
त. महिला उद्यमी स्टल व्यवस्थापन समिति तारा वि.क.
थ. मेसिनरी तथा प्याकिङ्ग स्टल व्यवस्थापन समिति विजय रञ्जित
द. ज्वेलरी फेशन शो व्यवस्थापन समिति कार्यकारिणी समिति