अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा ११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । घटनामा परी अरू नौ जना घाइते भएका छन् ।एउटा ट्रक र यात्रु वाहक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तीव्र गतिमा रहेको ट्रकले भ्यानलाई ठक्कर दिएर दुर्घटना भएको सरकारी अधिकारीहरूको भनाइ छ । दुर्घटनापछि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी १५ जना घाइते भएका थिए । घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍या एका थिए ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन् ।