समाचार

राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्स राजधानी पेरिसस्थित विश्व सम्पदा सूचीको महत्वपूर्ण सांस्कृतिक स्मारक नोट्रे डेम डी पेरिसमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनलाई मंगलबार एक सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले उक्त स्मारकमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै फ्रान्सेली जनता तथा सरकारमा सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरेकी छन् ।