साहित्य

पत्रकार पक्राउविरुद्ध धर्ना

चिप्लेढुङ्गा । ‘ताण्डवन्यूज डटकम’का सम्पादक अर्जुन गिरीलाई विद्युतीय अपराध मुद्दामा पक्राउ गरेर कारवाहीको तयारी गर्न लागिएको भनी विरोध गर्दै पोखराका पत्रकारले कास्की प्रहरी कार्यालय अगाडि आज धर्ना दिएका छन् ।

गिरीलाई ठगीको समाचार लेखेका आधारमा व्यापारी विपीन बतासले विद्युतीय अपराधमा मुद्दा हालेका थिए । नेपाल पत्रकार महासङ्घ कास्कीको अगुवाइमा उनको पक्राउविरुद्ध २० मिनेट धर्ना दिइयो ।

पत्रकार महासङ्घ कास्कीले पोखराबाट प्रकाशन हुने सबै पत्रिका रेडियो, टेलिभिजन तथा अनलाइनमा विरोध प्रदर्शन गरिने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।