समाचार

प्रथम भोटे महिला सगरमाथा आरोहणमा

काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन ९पाटा० नेपाल ‘स्टुडेन्ट च्याप्टर’का सदस्य निशा भोटेले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल कलेज अफ ट्राभल टुरिज्ममा स्नातक अध्ययनरत छात्रा भोटेले ‘प्रथम भोटे महिला आरोहीे’का रुपमा सगरमाथा आरोहण अभियानमा जुट्नु भएको हो ।

आरोही तथा ‘इभर क्वेस्ट एक्सिपिडिशन’ नामक कम्पनीका सञ्चालक बाबु जम्लिङ भोटेको अनुकरण गर्दै निशाले सगरमाथा आरोहण रोज्नुभएको छ । सङखुवासभा हटिया गाउँपालिकाकी २२ वर्षीया भोटेले सगरमाथा आरोहणपछि पर्यटन प्रवद्र्धनमा जुट्ने बताएकी छन् ।

मुलुकको पर्यटनमा महिला सहभागिता बढाई जस्तोसुकै साहसिक कार्यमा महिला सक्षम छन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आरोहण गर्न लागेको उनले उल्लेख गरीन । आरोही भोटेलाई पाटाका तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न अवसर प्रदान गरिने पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत जनाएको छ ।