समाचार

औपचारिक रुपमा बिग बोस नेपालमा

काठमाडौँ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने बिग ब्रदरका संचालकले  प्रेस विज्ञप्ती मार्फत जनाएका छन ।


आइमेक्स पोडक्सन तथा इन्डिमोलसाइनको संयुत्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सो विग बोस नेपाल नेपालमा ऐतिहासिक रुपमा आउन गइरहेको छ । आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । २०७५ वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरि नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको थियो । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडैनै सुरु हुनेछ ।

यस कार्यक्रमको उद्वेश्य प्रतिभाहरुलाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पुर्याउनु रहेको छ । नेपालको इतिहासमा यो टेलिभिजनको सबैभन्दा ठूला पहिलो रियालिटी सो भएकोले यस सो मार्फत नेपाली चलचित्रको विकासमा सहयोग गर्ने हाम्रो लक्ष्य पुरा हुने तथा यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनेछ भन्ने अपेक्षा लिएको विज्ञप्तीका उल्लेख छ । यस्तो कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन समेत सहयोग पुग्नेछ ।

 


नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पुर्वक संचालित बिग ब्रदर टिमको पुर्ण सहयोगले ५५ देश नेपालमा बिग बोससफल बनाउने प्रतिबद्धता गरेको जानकारी पनि उक्त विज्ञप्ती मार्फत गराएको छ । देश अनुसार फरक फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रषारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ । यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिताजानाई बिग बसको ट्रफी जित्नेछन् ।