आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त,कमलपोखरीलाई सहयोग गरेको छ । मुक्तिनाथ विकास बैंकले संस्थागत  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १,महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमल पोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ ।

उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १०००० घर तथा कार्यालयमा टासिनेछ ।

उक्त स्टीकर मुक्तिनाथ विकास बैंक मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्ष कश्री रविन्द्र नाथपौडेललाई हस्तान्तरण गरेका थिए । उक्क्त कुरा बैँकका सुचना अधिकारी श्री तिलबहादुर गुरुङ्ग जनाएका हुँन ।