समाचार

के.एल.दुगड समूहको नयाँ उत्पादन चनाको सत्तू

काठमाडौं । के.एल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सत्तू देशभर उपलब्ध गराएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ ।

ज्ञान चनाको सत्तू उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक गरिएको हुन्छ । ज्ञान सत्तूलाई पानीमा घोलेर स्वादअनुसार विरेनून वा साधानून, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जि ड्रिङ्कको रुपमा सेवन गर्न सकिन्छ वा पानी र दुधसँग घोलेर बाक्लो हलुवाको रुपमा पनि खान सकिन्छ  र यसबाट विभिन्न स्वादिष्ट मिठाई तयार गर्न सकिन्छ ।

यो पेट र पाचनको लागी राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शितलता प्रदान गर्नुका साथै शरिरमा स्फूर्ती प्रदान गर्दछ । ज्ञान सत्तू एक स्वच्छ, स्वादिष्ट तथा पौष्टिक आहार हो, जसमा प्रोटिन प्रचूर मात्रामा पाईन्छ । यसमा नून, चिनी तथा कुनै प्रकारका वास्ना वा खाद्य परिरक्षी मिसाएको हुन्न ।