अन्तर्राष्ट्रिय

बाढीमा परी पाँचको मृृत्यु, सत्र बेपत्ता

हेरात । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना बेपत्ता भएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको यस भीषण बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै १७ बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ता जैलानी फर्हादले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् , यस बाढीमा परी पचासभन्दा बढी घर बगाएको बताइएको छ ।

अफगानिस्ताको राजधानी काबुल भएर बग्ने काबुल नदीमा आएको बाढीमा परी एक व्यक्तिको मृत्यु भएको छ । यद्यपी सरकारले सो इलाकामा नजान सूचना जारी गरेको थियो । अफगानिस्तानमा मार्च २८ देखि यता भएका भारी बर्षापछि आएको बाढीमा परी १ सय ३० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय जना घाइते भएका छन् ।

सो विपत्तीको उद्वार कार्य जारी रहेको छ । कम्तीमा एक सय परिवारलाई उद्वार गरी सुरक्षित स्थानका लगिएका प्रवक्ताले बताउनु भएको छ । सो सयमदेखि हालसम्म बाढीको कारण ४ हजार घर ध्वस्त भएका र अन्य ५ हजार घर क्षतिग्रस्त भएका बताइएको छ ।