आर्थिक

सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट बिच सम्झौता

काठमाडौँ । सानिमा बैंक  र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट बिच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन् ।

म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचार सम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वाक्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्ने प्रेस विज्ञप्तीका उल्लेख छ ।

साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउँन व्यबस्था रहेको बैंकका प्रमुख निक्षेप व्यवस्थापक विमल बास्तोलाले जनाए ।