समाचार

नेकपाकै उच्च स्तरका नेता यसरी माग्न थाले पौडेलको राजिनामा, नैतिकताका लागि गल्लान् कम्रेड !

काठमाण्डौ । नेकपाका महासचिव बिष्णु पौडेलको आफ्नै पार्टका केन्द्र्रीय सदस्य मेटमणि पौडेलले मागेका छन् । दाङका साँसद समेत रहेका नेता चौधरीले महासचिव पौडेलले आफ्नो छोराको नाममा भएको वालुवाटारको जग्गा खरीद गरेको नभई कुरा मिलाएको भरमा बस्सीस पाएको दाबी गर्दै उक्त विवादलाई अन्त्य गर्न नेता पौडेलले पार्टीको महासचिवबाट राजनीनामा दिनुपर्ने बताएका छन् ।
नेकपाका अन्य नेताहरुपनि महासवि जस्तो पदमा बसेको ब्यक्तीले भूमाफियासंग मिलेर जग्गालाई आफ्नो हातमा ल्याउन भूमिका खेल्नु गलत भएको भन्दै राजनीनामा नदिए बर्खास्तगी गर्नुपर्नेमा देखिन थालेका छन् । नाम नभन्ने शर्तमा नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘पार्टीको जिम्मेवार पदमा बसेरभूमाफियासँग मिलेर सरकारी जग्गा हडप्नेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन, कुनैपनि बहानामा महासचिव बिष्णु पौडेललाई जोगाउनु हुँदैन, इमिडियट एकसनमा पार्टी अध्यक्षद्वय अगाडी बढ्नुपर्छ, हाम्रो साथ छ’
नेकपा एमालेले ०६४ सालको निर्बाचनमा सानो पार्टीमा खुम्चिनुपरेकोले तत्कालीन एमाले महासचिप माधव कुमार नेपालले महासचिवमाट राजिनामा दिएका थिए उनले काठमाण्डौ २ र रौतहट दुबै स्थानमा हार ब्यहोरेपछि नैतिकताको आधारमा राजिनामा दिएका थिए भने कृषीमन्त्ती हरिप्रसाद पराजुलीले असार १५ मा रक्सी खाएर खेतमा गई महिलाहरुसँग अभद्र ब्यबहार गरेकोमा बिबाद भएपछि राजिनामा दिएका थिए । नेपालका कम्युनिष्ट पार्टीका नेताहरुमा नैतिकताका आधारमा राजिनामा दिने प्रचलन बसिसकेको र पार्टीको आन्तरिक बिबादमा बढी तानिएपछि महासचिव बिष्णु पौडेलले समेत राजिनामा दिने सम्भाबना रहेको नेकपाका नेताहरुले विष्लेशष गर्न थालेका छन् ।
नेता बिष्णु पौडेलको बिरोधमा प्रतिपक्षी दल काँग्रेसमात्र नभएर नेकपाकै उच्च स्तरका नेताहर लाग्नु उनको राजिनामाको संकेत भएको अनुमान लगाउन सकिन्छ ।