खेलकुद

फुटसलको उपाधि पशुपति फारवेष्टलाई

धनगढी । नयाँ वर्ष २०७६ को अवसरमा यहाँ आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि ‘पशुपति फारवेष्ट युवा क्लब धनगढी’ले जीतेको छ ।

‘फल्याटल्याण्ड फुटसल धनगढी’ले आयोजना गरेको सो प्रतियोगिताको फाइनलमा पशुपतिले फोर्स मोटर्सलाई हराउँदै उपाधि हात पारेको हो । पशुपतिले फोर्सलाई ९–८ गोलले पराजित गरेको हो । उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।