राजनीति

आगामी निर्बाचनमा काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्न आन्तरिक एकता अनिवार्यः सभापति देउवा

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताए । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताए ।

“पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उनले भने । आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उनले दाबी गरे ।