आर्थिक

सांग्रिला बैंकद्वारा बिस्केट जात्रामा निःशुल्क पानी वितरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक  शाखा कार्यालय, ठिमीले भक्तपुरको बोडे वडा नं. ७ मा बिस्केट जात्रा अन्तर्गत जिब्रो छेडने पर्वको अवसरमा निःशुल्क खानेपानी वितरण गरेको छ ।

सो अवसरमा यस बैंकको ठिमी शाखाका कर्मचारीहरुले सो पर्व मनाउन आउने वटुवाहरुलाई गर्मीको मौसममा खानेपानी वितरण गरि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व ( CSR ) कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् ।

यसैगरि, आफ्ना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकि¨ सेवा प्रदान गर्दै आएको यस सांग्रिला डेभलपमेन्ट बैंकले भविष्यमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत  विभिन्न कार्यक्रम तथा सहयोग वितरण गदै जाने समेत प्रमुख कार्यकारी अधिकृत रजित मास्केले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।