आर्थिक

अब टिभिएसका बाईक र स्कुटरहरु दराजमा पनि

काठमाडौँ । काठमाण्डौं ११ अप्रिल, जगदम्बा मोटर्स, अन्तराष्ट्रिय स्तरमा प्रसिद्द दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपाल भरि कै एक मात्र अधिकृत विक्रेता हो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीकोविकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुपले, दक्षिण एसियाका देशहरु पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ ।

 यो नयाँ बर्षमा टिभिएस किन्न ईच्छुक ग्राहकहरुलाई खुसिको खबर छ । १० अप्रिलमा जगदम्बा मोटर्स प्रा ली का भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ् बिच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टि भि एसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने छ । नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमान्डौंका ग्राहकहरुले दराजबाट कुनै पनि टि भि एसका बाईक वा स्कुटर किन्दा रु १० हजारको छुट पाउने छन ।

समित अबधिको लागि दिईएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ । अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुने छ । यसको व्यापकता आउने दिनहरुले देखाउने नै छन ।