आर्थिक

ज्योती विकास अब सबैभन्दा ठुलो विकास बैंक

काठमाण्डौ । ज्योति विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुरुप ‘खोलौं बैंकमा खाता’ कार्यक्रम अनुसार “समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको अभियानलाई सहयोग पु¥याउने उद्देश्य अनुरुप आधुनिक बंैकिङ्ग सुविधा सहितनयाँ बचत खाता“ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । वार्षिक ७% ब्याजदर दिने यस बचतखातामाअन्य बैंक वित्तीय संस्थाहरुमा खातानहुने ग्राहकहरुले खताखोलेमा रु. १०० बैकको तर्फबाट प्रदानगरिने सेवाहरु निःशुल्क गरेको छ।

बैंकले लकर सुविधामा समेत बिषेश छुट दिइएको जनाउदै यस विकास बैंक ग्राहकलाई अत्याधुनिक सेवाप्रदानगर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापितगर्न सफलयस बैंककोहाल बैंकले ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमानै बैंकको ५ वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब २ लाख १६ हजार ७ सय २७भन्दा बढि खाताबाट २७ अर्व २० करोड निक्षेप संकलन गरी १५ हजारभन्दा बढि ऋणी मार्फत २३अर्व ९० करोड ऋण लगानीगर्न सफलभएको छ ।

नुवाकोटकमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंकलाई प्राप्ति गरी गत २०७५ चैत्र १५ गतेबाट एकिकृत कारोवार संचालन गरे पश्चात विकास बैंकको कुल चुक्तापूँजी रु.३ अर्व १० करोड पुगेको छ, जस अनुसार चुक्तापूँजीका आधारमा सबैभन्दा बढी चुक्तापूँजी भएको विकास बैंक हुन पुगेको उक्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जनाएका छन् ।