आर्थिक

“एक नेपाली, एक डिम्याट खाता”अभियानमा एनआईबिएल बैंकमा निःशुल्क खाता खोल्ने सुविधा

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको “एक नेपाली, एक डिम्याट खाता”अभियानलाई सार्थक बनाउन नयाँ बर्ष २०७६ को उपलक्ष्यमा मंगलमय शुभकामना सहित नयाँ बर्ष २०७६ बैशाष १ गते देखि सिमित अवधिका लागि सम्पूर्ण महानुभावहरुमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने जानकारी गराउँदछ । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लि. को पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्रबोर्डबाट इजाजत पत्र प्राप्त सायक कम्पनी हो ।

यस अभियानबाट बिशेषतःपूँजीबजार भन्दाबाहिर रहेका गृहणी महिला,विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुंच बुद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ । यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिनेछ ।

यस कम्पनीले निक्षेप सदस्य लगायत निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्रको प्रत्याभुति, लगानी ब्यबस्था सम्बन्धी कार्यहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त संस्था, जीवन तथा निर्जिवन बीमा कम्पनीहरु गरी जम्मा ४० कम्पनीका करिब १४ लाख शेयर धनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आइरहेको छ । यसका साथै एनआईविएल एस क्यापिटलले सामुहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड—१ र एनआईबिएल प्रगति फण्डकोकोष ब्यबस्थापकको कार्य समेत गर्दै आएको छ ।