खेलकुद

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

काठमाडौं । आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्ष देखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा बुटवल लगायत देशका अन्य स्थान बाट १ सय ११ जना प्रतिष्पर्धीहरू सहभागी हुने छन् ।

कूल ३२६,०००/ ( तीनलाख छब्बिस हजार) पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पुर्व अध्यक्ष हेम लामा ज्यूले संयुक्त रुपमा सोमबार दशरथ रङ्गशालामा गरेका थिए ।

८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरुले भागलिने उक्त प्रतियोगिता शनिबार सम्म दशरथ रङ्गशालामा संचालन हुने कुरा प्रेस विज्ञप्ती मार्फत आइएमई गु्रपका सदस्य राजु पौडेलले जनाएका छन् । आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तर दायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।