समाचार

काठमाण्डौमा एक्कासी बर्षा र अशिना, कोही रमाईलो हेर्दै त कोही ओत लाग्दै

काठमाण्डौ । काठमाण्डौमा अशिना परेको छ । बिहान धमिलो भएको मौसाम दिँउसो सफा रहेपनि अपरान्ह एकाएक अशिना पानी पेको हो । बर्षा सिजन आउन लागिरहेको बेला असिना परेको छ । बालबच्चाहरु असिनामा मज्जा लिईरहेका छन् भने कार्यालय सकेर गन्तब्यतिर गईरहेका सर्बसाधारणहरु नजिकै पाटी, रेष्टुरेण्ट तथा कुनामा छेकिएर ओत लाग्दै हेरिहेका छन् ।
मौसमबिदले पानी अझ पर्न सक्ने बताईरहेकाले भोली समेत बर्षाले असर पर्ने सम्भावना बलियो हुंदै गएको छ ।