अन्तर्राष्ट्रिय

नयाँ वर्षको अवसरमा श्रीलङ्काका राष्ट्रपतिद्वारा एकताका लागि आह्वान

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशलाई नयाँ उचाइमा पु¥याउनका लागि सबै देशवासीलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

देशमा मनाउने गरिएको सिंहाला र तमिल नयाँ वर्षको अवसरमा आइतबार विषेश सन्देश दिँदै राष्ट्रपति सिरिसेनाले देशको आवश्यकता पूरा गर्नका लागि देशवासीको एकता अत्यावश्यक भएकोमा जोड दिए ।

उनले सन्देशमा लेखेका छन्, “हाम्रो र देशको सफलताका लागि हामीले सामूहिक रूपमा प्रयास गर्नु पर्दछ, देशको आवश्यकतालाई पूरा गर्न सकेमात्रै हामीले खुशी जीवन पाउनेछौँ ।” साथै आम जनतामा शान्ति र समृद्धिका लागि पनि राष्ट्रपति सिरिसेनाले नयाँ वर्षका अवसरमा शुभकामना दिएका छन् ।

त्यसैगरी श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि नयाँ वर्षका अवसरमा विषेश सन्देश जारी गर्दै देशका यस्ता सांस्कृतिक पर्वहरूले देशलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । आईतबार शुरु भएको नयाँ वर्ष श्रीलङ्कासहित अन्य पनि केही देशहरूमा मनाइने उनले वक्तव्यमा उल्लेख गरेका छन् ।