राजनीति

सभापति देउवा आक्रमकः अब पार्टीहितविपरीत काम गर्ने नेता/कार्यकर्तालाई कडा कारबाही हुन्छ

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काङ्गे्रस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आज यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले घरघरमा पुगेर जनताको सुखका लागि काम गर्न निर्देशन दिए ।

सभापति देउवाले पार्टीमा पाटीएहितविपरीत गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी दिए । वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उनको आरोप थियो । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिएका थिए । नेपाली काँग्रेस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो ।