समाचार

निर्मला, वाइड बडी एवं ३३ किलो सुन प्रकरणमा संलगनलाई कारबाही हुन्छः सञ्चारमन्त्री बास्कोटा

तौलिहवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले एकपछि अर्को भ्रष्टाचारीलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले आज गोरुसिङ्गेमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाटमा उनले पछिल्लो समय ललिता निवासलगायत पाँच सयबढी भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याएको दाबी गरे ।

मन्त्री बाँस्कोटाले निर्मला पन्त, वाइड बडी विमान एवं ३३ किलो सुन प्रकरणमा संलगनलाई पनि क्रमश कानूनी कठरामा ल्याउने बताए । साथै उनले यसवर्ष श्रमजीवी पत्रकारका लागि सुखद् वर्ष हुने स्मरण गराउँदै जसका लागि संसद्मा जारी विधेयक छिट्टै पारित हुने बताए ।