राजनीति

सभापति देउवाको ठोकुवाः निर्मलाका बलात्कारी/हत्यारालाई ओली सरकारको संरक्षण

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण दिएको आरोप लगाएका छन् । धनगढीमा आज काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले बोल्नेमात्र काम गरेको जनताका काम भने केही पनि गर्न नसकेको आरोप लगाएका छन् ।

ओली सरकारले प्रतिपक्षको समेत भुमिका खेलेको भन्दै महंगीको मारमा परेका जनतालाई सानो सानो कुरामा पनि महंगो कर लगाएकोमा आफूलाई दुःख लागेको बताएक छ । देशमा हत्या, हिंसा, बलात्कार बढ्दा पनि डठूला गफ गर्न नछाडेको आरोप लगाउदै काँग्रेसले सरकारले गरेका जनता बिरुद्धका काममा देशब्यापी आन्दोलन गर्ने बताएका छन् ।