समाचार

सभापतिकी श्रीमातीका आधारमा डा. आरजूलाई १ नम्बरमा राख्ने विज्ञप्ती तत्काल सच्याउन नेता कर्णको चेतावनी

काठमाण्डौ । नेविसंघका पुर्ब अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता रन्जीत कर्णले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पछिल्लो समयमा उपसभापति बिमलेन्द्र निधिले गरेको ३८ जनाको नियुक्तीको बिरोध जनाएका छन् । नेता कर्णले प्रतिष्ठानमा नियुक्ती गर्दा सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू देउवालाई एक नम्बरमा परेको र अन्य काँग्रेसका बरिष्ठहरुलाई पछाडि पारिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा, पार्टी केन्द्रीय कार्यालयलाई असहमती प्रकट गर्दै ध्यानाकर्षण गराएका छन् ।
डा. आरजू देउवालाई सभापति देउवाको नातेदार भएको भरमा पहिलो नम्बरमा नियुक्त गर्नु गलत भएको दाबी गर्दै नेपाली कांग्रेसको लोकतान्त्रिक बिधी, बिधान, मुल्य, मान्यता र अदर्श अनुसार रोलक्रम मिलाएर पुन अर्को बिज्ञप्ती सार्वजनिक गर्न श्रीमान् पार्टी सभापति समक्ष गम्भीर ध्यानाकर्षण एवं हार्दिक गरेको जनाएका छन् ।

नीति था प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनित भएका रंजीत कर्णले असहमती राख्दै यसो भनेका छन् ।

श्रीमान् पार्टी सभापति ज्यु,
नेपाली कांग्रेस केन्द्रीय कार्यालय
बि.पी. स्मृति भवन, सानेपा, ललितपुर ।
बिषयः ध्यानाकर्षण सम्बन्धमा।

एतिहासिक एवं गौरवशाली इतिहास निर्माण गर्न सफल नेपाली कांग्रेस पार्टी इतिहासका हरेक कालखण्डमा अग्रजहरुको त्याग, तपस्या, सघर्ष र सहिदहरुको बलिदानबाट नेपालमा लोकतान्त्रिक, मुल्य, मान्यता र आदर्शलाई आत्मसाथ गर्दै अगाडि बढेको सबैमा बिधितै छ ।
नेपाली कांग्रेसको बिधानमा व्यवस्था भए बमोजिम नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान एक महत्त्वपूर्ण निकाय हो जहाँ नेपाली कांग्रेसको नीति कस्तो बनाउने, नेपाली कांग्रेसको गौरवमय इतिहासलाइ आत्मसाथ गर्दै जिम्मेवार वर्तमान र भविष्य कस्तो बनाउने भन्ने मुल मर्मका साथ बिधानमा गठन गरीएको हो।

उक्त केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा
नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी प्रेस बिज्ञप्तीमा लोकतान्त्रिक सिद्धान्त, मुल्य, मान्यता, आदर्श र परम्परा बिपरित ‘कोहि कसैको व्यक्तिगत नाता सम्बन्धको आधारमा लोकतान्त्रिक मार्यादाक्रम अनुसार रोलक्रम अनुसार १ नम्बर हुन सक्दैन’ उक्त बिज्ञप्ती सच्याउन र नेपाली कांग्रेसको लोकतान्त्रिक बिधी, बिधान, मुल्य, मान्यता र अदर्श अनुसार रोलक्रम मिलाएर पुन अर्को बिज्ञप्ती सार्वजनिक गर्न श्रीमान् पार्टी सभापति समक्ष गम्भीर ध्यानाकर्षण एवं हार्दिक अनुरोध गर्दछु। जय नेपाल

 

नीति था प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनित गरिएका सदस्यहरुको नामावलीः

१. डा. आरजु देउवा (डडेल्धुरा)
२. श्री ध्रुव वाग्ले (तनहुँ)
३. श्री डिकबहादुर लिम्बू (मोरङ)
४. श्री मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. श्री तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. श्री सुभाष पोखरेल (खोटाङ)
७. श्री रञ्जित कर्ण (सप्तरी)
८. श्री मोख्तार अहमद (सिरहा)
९. श्री मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. श्री खिलानाथ दाहाल ९ओखलढुंगा०
१४. श्री तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. श्री केशव निरौला (मोरङ)
१६. श्री छन्दबहादुर पहराई (गुल्मी)
१७. श्री गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. श्री प्रसिस महरा (डोटी)
२०. श्री किशोरदत्त बराल (कास्की)
२१. श्री कमला लामिछाने (गोरखा)
२२. श्री भगिरथ पोद्धार (झापा)
२३. श्री राजकुमार नकर्मी (काठमाडौँ)
२४. श्री प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. श्री नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. श्री भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. श्री राजु नेपाल (भक्तपुर)
२८. श्री रामजी कंग्रेन (धनकुटा)
२९. श्री लालबहादुर पुन (बाग्लुङ)
३०. श्री शम्भु जोशी (दार्चुला)
३१. श्री सरस्वती गुरुङ (कास्की)
३२. श्री देविका नेपाली (दाङ)
३३. श्री डोल्मा तामाङ (सोलुखुम्बु)
३४. श्री कान्ता रिजाल (पाँचथर)
३५. श्री मदन कट्टेल (रूपन्देही)
३६. श्री सुष्मा तिवारी (पर्सा)
३७. श्री बीरेन्द्र साह (सुनसरी)
३८. श्री दीपक अधिकारी (सर्लाही)