समाचार

प्रधानमन्त्रीबाट आज राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (वैशाख १ गते) आइतबार बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना सहित राष्ट्रका नाममा सम्बोधन गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।