कर्णाली प्रदेश

जातीय समुदायबीच आपसी सदभाव भाइचाराको सहकार्य आवश्यक छ: मुख्यमन्त्री शाही

हेटौँडा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको विकास एवं समृद्धिका लागि नेपालका जातीय समुदायबीच आपसी सदभाव, एकता, भाइचारा एवं सहकार्य आवश्यक भएको बताएका छन् ।

अनेकतामा एकता, एकतामा हादिकता एवं राष्ट्रिय एकताका लागि हाम्रो प्रतिबद्धताको नारासहित ‘ठकुरी सहयोग सञ्जाल’को शनिबार यहाँ आयोजित छैठौँ वार्षिक बृहत् भेटघाट कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।

उनले नेपाल विभिन्न जात जाति, धर्म, संस्कृति भएको राष्ट्र भएकाले सवैले आ–आफ्नो अस्तित्व र पहिचानको संरक्षण गर्दै स्वच्छ प्रतिस्पर्धा तथा क्षमताका आधारमा अगाडी बढ्नुपर्नेमा जोड दिए। ठकुरी सहयोग सञ्जालका कार्यवाहक अध्यक्ष अजयमल्ल ठकुरीको सभापतित्वमा सो कार्यक्रम भएको हो ।