समाचार

जग्गा खरिद बिबादमा तानिएका महासचिव पौडेल चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् ।

उनी सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न आज चीनतर्फ प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

चीनमा रहदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।
वालुवाटारमा जग्गा खरीदमा विवाद भएका महासचिव पौडेल एकाएक चीन प्रश्थान गरेका छन् ।