सूचना प्रविधि

सूचना प्रविधि दिवसको नारा तय

काठमाडौँ । सरकारले आगामी वैशाख १९ गते मनाउन लागेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको मूल नारा ‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ निर्धारण गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले सो नारा तय गरेको हो ।

मूल समारोह समितिको उक्त बैठकले वैशाख १९ र २० गते सूचना प्र्रविधिसम्बन्धी विविध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।