प्रदेश 1

पत्रकार महासङ्घको भवन शिलान्याश

विराटनगर । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको भवनको शनिबार शिलान्यास गरिएको छ । विराटनगर नगरपालिकाले–४ स्थित गणेश मन्दिर पश्चिमतर्फ एक कठ्ठा जमीनमा ११ कोठा, एक सभा हल र एक बैठक कक्ष गरी एक हजार ८०० वर्ग फिटमा भवनको निर्माण हुनेछ ।

भवन निर्माणका लागि प्रदेश नं १ को सरकारले रु ४० लाख तथा महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । आगामी आर्थिक वर्षसम्ममा भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश भवन निर्माणको शिलान्याश गर्दै महासङ्घको भवन सबैको साझा सम्पत्ति हुनुका साथै यस क्षेत्रको विकासबाट समाज बलियो हुने धारणा व्यक्त गरे । महासङ्घका प्रदेश सभापति विक्रम लुईंटेलले निर्माण हुने भवनको हल यस क्षेत्रका सामाजिक सङ्घसंस्थालाई निःशुल्क प्रयोग गर्न दिने बताए ।