राजनीति

ओली सरकारसँग जनताको अपेक्षा पुरा गर्न पुरै असफलः नेता सिंह

राजविराज । नेपाल प्रेस युनियन सप्तरीले सप्तरीको राजबिराजमा आयोजना गरेको प्रत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाशमान सिँहले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको बर्तमान सरकार शीत कुनै पनि पक्ष सन्तुष्ट हुन नसकेको बताएका छन् ।
बलियो सरकार बनेपछि जनताले जुन अपेक्षा गरिरहेका थिए त्यो पूरा गर्न पुर्णतः असफल भएको बताएका छन् । सरकारले आफ्नो प्राथमिकता काम भन्दा प्रचारबाजीमा मात्र केन्द्रित गरेको बताएका छन्। न त बिनियोजित बजेट खर्च गर्न सकेकोछ न त सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सक्छ न त कर्मचारी संंयन्त्र प्रभावकारी रुपमा संचालन गर्न सकिरहेको छ। अहिले पनि डाक्टरहरुको आन्दोलन नै एउटा उदारणको रुपमा लिन सकिने दृष्टान्त प्रश्तुत गर्दै सरकारबाट नाम सुसान काम कुसान र चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । अब कहिकतैबाट सरकार आट आसा गर्ने ठाउँ नरहेको बताएका छन् । स्वदेशी लगानीकर्ताहरुमा चरम असुरक्षा निरासा बढिरहेका बेला बाहिरी लगानीको कुरा अब्यवारिक हुने उनको भनाइ रहेकोछ।
वाईटबडिको छानबिनमा उदासिनताले चरम आर्थिक अनियमिततामा सरकार किन चुपचाप भनेर प्रशन गरेका छन् । दिनानुदिन सरकार कै सरक्षणमा भ्रष्टाचार भएका खबर आउछन् तर सरकार भने मौन किन भनेर प्रति प्रशन गरेका छन्। बिपक्षी दलको सहमतिमा गरिनु पर्ने संबैधानिक निकायको नियुक्तमा समेत मनोमानी ढंगले अगाडि बढ्नुले संविधानको मर्मर भावना बिपरित सरकार अघिबडिरहेको बिचार ब्यकत गर्नु भयकोछ सुनिएका र बाहिर आएका गतिबिधिले प्रधानमन्त्रीले एकलौटी निर्णय गर्दै जाने गतिबिधिले सरकारको नियत नै संखास्पद हुँदै गएको बताएका छन् । सरकारलाई संविधानको भावना र मर्म अनुरप प्रमुख दलहरुलाई बिस्वासमा लिएर काम गर्न समेत सुझाव दिएका छन् ।
महालेखाको प्रतिबेदनले मुलुकमा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने छर्लंग भयको बताएका छन् । फरक प्रसंगमा बोल्दै संविधान को मर्म अनुरुप तराई केन्दित राजनैनिक लहरलाई पनि चित्त बुझाएर साथ साथै लानुपर्छ भनेर कांग्रेसको धारण रहेको बताएका छन् ।

आफुहरु जिम्मेवार बिपक्षीको भुमिका जनअपेक्षा अनुरुप निर्वाह गरदै जाने पनि बताएका छन् । नेपाली कांग्रेस पार्टीलाई सशक्त प्रभावकारी बनाउन बर्तमान नेतृत्वले प्रभावकारी भुमिका खेल्न नसकेकाले गतिविधि बढाउदै जनस्थर सम्म जानू पर्छ भनेर आफुहरुले नेतृत्वलाई घच्घाई रहेको बतादाबी गरेका छन् ।