सुदूरपश्चिम

मिर्गौलापीडितलाई साधना केन्द्रको सहयोग

लम्की । कैलाली टीकापुर–१ का मिर्गौलापीडित ११ वर्षीया दुर्गा साउदको उपचारका लागि योग साधना केन्द्रले रु ५३ हजार सहयोग गरेको छ । पतञ्जली योग नगर समिति टीकापुरद्वारा सञ्चालित सो केन्द्रमा आयोजित एक कार्यक्रमका बीच पीडितकी आमा झुप्री साउदलाई शुक्रबार सो रकम हस्तान्तरण गरिएको हो ।

केन्द्रका संयोजक कल्पना जैशीले भनिन्, “योगका साथै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि मानवीय सेवा गर्नुपर्छ भन्ने भावनासाथ सबैतिरबाट सहयोग सङ्कलन गरेर सो रकम हस्तान्तरण गरेका हौँ ।” उनले भनिन्, “सबैको सहयोग रहेमा बालिकाको ज्यान बचाउन सकिन्छ ।” टीकापुरस्थित आरएमई स्कूलमा कक्षा ७ मा अध्ययनरत बालिका दुर्गाको उपचार काठमाडौँस्थित शिक्षण अस्पतालमा भइरहेको उनकी आमा झुप्रीले बताईन् ।