अन्तर्राष्ट्रिय

चीनमा विश्वका १९६ देशका झण्डै पाँच लाख विद्यार्थीले अध्ययन गर्दै

बेइजिङ । चीनमा गत वर्ष सन् २०१८ मा विश्वका १९६ देशका झण्डै पाँच लाख विद्यार्थीले अध्ययन गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार गत वर्ष कूल चार लाख ९२ हजार १८५ जना विदेशी विद्यार्थी अध्ययनका लागि चीन आएका छन् ।सन् २०१७ को तुलनामा सन् २०१८ मा तीन हजार १३ विद्यार्थी बढेको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ती विदेशी विद्यार्थीहरू देशका ३१ प्रान्तमा रहेका विभिन्न एक हजार चार कलेजमा अध्ययन गरेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । विदेशी विद्यार्थीमध्ये ६० प्रतिशत एशिया महादेशका रहेका छन् । तीमध्ये कोरिया, थाइल्याण्ड र पाकिस्तानका क्रमशः सबैभन्दा धेरै रहेका छन् । चीनमा पढ्न आएका कूल विद्यार्थीमध्ये ६३ हजार जनाले चीन सरकारको छात्रवृत्ति पाएको शिक्षा मन्त्रालयले जनाएको छ ।